प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
आश्विन २०८०
लागुऔषध गाँजा सहित दुई जना पक्राउ
२०८०-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, बिक्रम चोक स्थित भित्री सडकखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बारा पथलैया तर्फ जाँदै गरेको बा प्र ०३-००५ प ६८१६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे बस्ने अन्दाजी ३८ वर्षीय धनराज घलान र सोही मोटरसाईकल पछाडि सवार सोही ठेगाना बस्ने अन्दाजी ३१ वर्षीय बिबेक भोम्जनले पछाडि भिरेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारी मोटरसाईकल, लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-३०

चितवन, राप्ती नगरपालिका-१, बैधपानि स्थित मकवानपुरबाट चितवन तर्फ पैदल आउँदै गरेको जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बस्ने ४५ वर्षीय अक्कल बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-२ बस्ने २४ वर्षीय सुवास मगर सोही ठेगाना बस्ने वर्ष १६ को उमेश तामाङ र ४१ वर्षीय कृष्ण बहादुर तामाङले लागूऔषध (गाँजा) बोकेर आउँदै छ भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलिले निजहरूलाई रोकि चेकजाँच गर्दा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको १२ किलोग्राम लागूऔषध गाँजा र निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न
२०८०-०६-३०

६८ औं प्रहरी दिवस २०८० को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाप्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी उपरीक्षक ईश्‍वर थापाज्यू, प्रहरी उपरीक्षक भिमकिरण बोगटीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, बागमती प्रदेश कार्य समितिका संयोजक पूर्व प्रहरी निरीक्षक रित बहादुर खातीज्यू लगायत अन्य पूर्व प्रहरी कर्मचारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने ती अमर शहीदका परिवारजन प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

चितवनमा झुण्डी मृत्यु
२०८०-०६-२८

चितवन, रत्ननगर नगरपालिका-१२, देवालयचोक स्थित जिल्ला कास्की लेखनाथ महानगरपालिका-२, घर भई हाल क्यानसर उपचारको लागी बिगत दुई महिना देखी छोरी ज्वाईको घरमा बस्दै आएको वर्ष ८० को गंगा मणी पन्त घरको फलामको रेलिङमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य ईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२, बेलटाडी बस्ने थहर सिंह कार्कीको छोरा वर्ष २८ को गणेश कार्की आफ्नै घरको कोठाको ट्रसमा नाइलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-२६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व-पश्चिम सडक खण्डमा विशेष सूचनाको आधारमा ‍ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ११७६ नम्बरको बोलेरो र सोही दिशाबाट जाँदै गरेको ना ५३ प ६११४ नम्बरको मोटसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडीको बोरामा अन्दाजी ४० किलोग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध सहित बलेरो चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने ४१ वर्षीय अर्जुन प्रसाद थपलिया, मोटरसाईकल चालक जिल्ला पर्सा, बिन्दाबासिनी गाउँपालिका-४, बस्ने ४० वर्षीय बिनोद चौरासिया र सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

६८ औं प्रहरी दिवस २०८० को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८०-०६-२६

६८ औं प्रहरी दिवस २०८० लाई विभिन्न कार्यक्रमहरू गरी भव्यतासाथ मनाउने क्रममा आज मिति २०८०।०६।२६ गते बागमती प्रदेश प्रहरी गण हेटौँडाको प्राङगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, प्रहरी उपरीक्षक ईश्वर थापाज्यू, बागमती प्रदेश प्रहरी गण प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा विभिन्न प्रजातिको १०० वटा बोटविरुवाहरु रोपिएको थियो । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडकखण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको मोबाईल नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा निजहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्बरको पिकअप गाडीमा लागुऔषध गाँजा आउँदै छ भन्ने सूचना प्राप्त हुना साथ उक्त पिकअपलाई सोही स्थानमा रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएको र उक्त गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागुऔषध गाँजा अन्दाजी ७० किलोग्राम फेला पारी उक्त पिकअप गाडी, लागुऔषध गाँजा, मोटरसाईकल र मोटरलाईकल चालक जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ वर्षीय सन्देश प्रजा र पछाडी सवार सोही ठेगाना बस्ने अन्दाजी ३४ वर्षीय युबराज प्रजा लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-२१

ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले बिशेष सुचनाको आधारमा गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, नयाँ बस्ती स्थित कुमार मोक्तान नाम बताउने व्यक्तिको घर अगाडी रोकी रहेको प्रदेश ३-०३-००१ प ४५४१ न.को मोटरसाईकलबाट ३ वटा बोरा र झोलामा राखीएको ६०२ बोतल codeine phosphate wincerex लेखिएको लागुऔषध । (प्रति बोतल १०० .मि.लि ग्राम), नेपाली नगद रु. ८,००,००० ( आठ लाख) र चरेस जस्तो देखिने अं.२० (बिस) ग्राम फेला परेको थियो ।  लागुऔषध सहित जिल्ला मकवानपुर कैलास गाउँपालिका-८, बस्ने वर्ष ३१ को बिकास मोक्तान, सोहि बस्ने वर्ष ३५ को राम बहादुर स्याङबो, जिल्ला पर्सा ठोरी गाउँपालिका-८, बस्ने वर्ष ३२ को जित बहादुर चापागाई, जिल्ला मकवानपुर मनहरी गाउँपालिका-४, रमनटार बस्ने वर्ष ३० को रामचन्द्र गोले र सोहि बस्ने वर्ष २० को दाल बहादुर मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण २०८० सम्पन्न‍
२०८०-०६-१७

प्रहरी कार्यालयहरूको प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्न, सङ्गठनको कार्य सम्पादनमा स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, उपयोगमा कार्य दक्षता र उद्देश्य प्राप्तिमा प्रभावकारी मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरू सहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” मापदण्ड बमोजिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आज निरीक्षण सम्पन्न भएको छ । केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू, प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलज्यू सहितको प्रहरी टोलीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौंडा र प्रहरी चौकी ठुलोदमार, मकवानपुरको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यवस्थापन, कार्यसम्पादनको स्तर, आन्तरिक व्यवस्थापन, सरसफाई, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास,  रचनात्मक कार्यको प्रयास  लगायत मेश र ब्यारेकको  निरीक्षण तथा बागमती प्रदेश प्रहरी गण हेटौंडाको प्राङ्गणमा वृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूद्वारा समग्र बागमती प्रदेशको वस्तुस्थिति सहित शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधन व्यवस्थापन, मानव श्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सृजनात्मक तथा रचनात्मक कार्य लगायतका विषयवस्तुहरूको प्रस्तुतीकरण गर्नु भएको थियो ।    निरीक्षण पश्चात् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूले प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यवसायीक, निष्ठावान् भई काम गर्न तथा कार्य सम्पादन स्तर सुधार गर्न आत्मविश्वासका साथ सीपमूलक क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो । नेपालको जुनसुकै भूभागमा भए पनि प्रहरी सबै एउटै हो र सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनामा काम गर्न निर्देशन दिनुका साथै आन्तरिक शुद्धीकरणलाई  समेत प्राथमिकता दिनुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । सोही अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूले प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।         साथै निरीक्षण भ्रमणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लाका सञ्चारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका पदाधिकारीज्यूहरूसँग शान्ति सुरक्षाको अवस्था, गुनासो तथा सुझावहरू सहितको छलफल एवं अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।

सवारी दुर्घटनामा परि २ बालकको मृत्यु
२०८०-०६-१७

धादिङ, गजुरी गाउँपालिका-२, मझुवा स्थित पृथ्वीलोकमार्गमा  काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६४१३ नम्बरको ट्रकले  बागेश्वरी मा.वि. रिचोक्टार धादिङको कक्षा ८ मा पढ्ने जिल्ला धादिङ सिद्वलेख गाउँपालिका-६, परेवाटार बस्ने राजकुमार श्रेष्ठको छोरा वर्ष अन्दाजी १४/१५ को निर्मल श्रेष्ठ र सोहि बस्ने उद्वब श्रेष्ठ को छोरा वर्ष अन्दाजी १४/१५ को संजिव श्रेष्ठलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा दुबै जनाको घटना स्थलमै मृत्यु भएको । ट्रक चालक जिल्ला रौतहट चन्द्रपुर नगरपालिका-२, रौतहट बस्ने वर्ष अन्दाजी ४१ को असोक बंम्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न‍ ।
२०८०-०६-१५

नेपाल सरकारका माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा  बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्वोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूले बागमती प्रदेशको समग्र वस्तुस्थितीको प्रतिवेदन सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । यसै अवसरमा माननीय मन्त्रीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना, निर्माणाधिन कार्यालय भवनको निरीक्षण अवलोकन तथा बागमती प्रदेश प्रहरी गण हेटौडाको परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो ।निर्देशनको क्रममा माननीय उपप्रधान एवम् गृहमन्त्रीज्यूले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने कुरा उल्लेख गर्नु भएको थियो । मुलुकमा शान्ति सुरक्षा कायम राख्न, विपद् व्यवस्थापन, नागरिकको जिउधनको रक्षा सुनिश्चित गर्न, महिला बालबालिका तथा जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभुती गर्ने तथा त्यस्ता अपराधजन्य घटनाहरुमा कडा रुपमा प्रस्तुत हुने, लागु औषध दुर्व्यसनीलाई रोकथाम तथा नियन्त्रण गर्न निर्देशन गर्नु भएको थियो । कुनै पनि अवाञ्छित दवाब र चलखेलमा नपरि संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई ऐक्यबद्ध भई काम गर्नुपर्ने बताउनु हुदै उहाँले संविधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी निर्भिकता पूर्वक निर्वाह गर्न समेत निर्देशन दिनु भएको थियो । बागमती प्रदेश प्रहरीले थालनी गरेको “१ प्रहरी १ बिरूवा कार्यक्रम” तथा चितवन र मकवानपुर जिल्लाका पहाडी भेगमा अवैध रूपमा हुने गाँजा/अफिम खेतिलाई विस्थापन गरी कृषकलाई कृषि/नगदे बाली तर्फ आकर्षित गर्न कफी खेती अभियान संचालन गरेकोमा माननीय मन्त्रीज्यूले प्रशंसा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यूले  प्रमुख अतिथीज्यू लगायत उपस्थित सम्पूर्ण अतिथीज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथी माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूबाट भएको निर्देशनलाई अक्षरश: पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री श्री गंगानारायण श्रेष्ठज्यू, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यू, सशस्त्र प्रहरी बल नेपाल ३ नं. गढीमाई बाहिनी भण्डारा चितवनका प्रमुख सशस्‍त्र प्रहरी नायव महानिरीक्षक श्री लक्ष्मण बहादुर सिंहज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालयका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू  लगायत सिनियर प्रहरी अधिकृतज्यूहरु, मातहत प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

प्रहरी जवान आधारभुत तालिम ६-२०३ औ समूहको दीक्षान्त समारोह सम्पन्न‍
२०८०-०६-०७

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको आज बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । मिति २०७९।०७।२० गते देखि सञ्चालित २३४ कार्यदिन अवधिको प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको दिक्षान्त समारोहमा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यू, दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीज्यू, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलज्यू, दुधौली नगरपालिकाका नगर उपप्रमुख चन्द्र किशोर थारूज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्र.ब.उ. कृष्ण हरि शर्माज्यू, श्री नम्वर १ गण तथा पर्यावरण सुरक्षा गण सिन्धुली रानिवासका प्रमुख सेनानी बिमल के.सी.ज्यू, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, संचारकर्मीज्यू, दीक्षित हुने प्रहरी कर्मचारीका अभिभावकज्यू लगायतको उपस्थिति रहेको थियो ।     दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले प्रहरी जवान आधारभूत तालिमका २८० जना प्रशिक्षार्थीहरु मध्ये ८ वटा विधामा उत्कृष्ट प्रहरी जवानहरु लाई पुरस्कार वितरण गर्नु भई दीक्षित प्रहरी जवानका आफन्तजनमा हार्दिक आभार व्यक्त गर्नु भएको थियो । दीक्षित प्रहरी जवानहरुलाई  कार्यक्षेत्रमा अनुशासित, मर्यादित र प्रहरी आचरणको पुर्ण पालना गर्दै संगठन प्रति बफादार र आम नागरिकको सहयोगीका रुपमा मन, बचन र कर्मले उच्च मनोबलका साथ कार्य गर्न शुभकामना सहितको निर्देशन समेत दिनु भएको थियो ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-०६-०६

मकवानपुर, थाहा नगरपालिका-४, रुप्से बस्ने अन्दाजी ३७ वर्षीय दिनेश लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट, ककनी गाउँपालिका-४, रानीपौवा स्थित रानीपौवाबाट डाँडा गाउँ जाने कच्ची सडक खण्डको छेउमा हाल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुष ब्यक्ती सल्लाको रूखमा नाईलनको डोरीले लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-४, पिपरिया टोलको सृजना चोक  बस्ने वर्ष अन्दाजी १४ की अग्रता प्रधान आफु सुत्ने कोठाको सिलिङ्ग पंखा झुण्ड्याउने रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ । सिन्धुली, तिनपाटन गाउँपालिका-४, बेशीटार घर भई हाल जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर ६ सिद्धस्थली बोडिङ नजिकै डेरा गरी बस्ने अन्दाजी २४/२५ वर्षीया की सन्जु राना मगर आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०३

सिन्धुली कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाण्डौ तर्फ आउदै गरेको चालक जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१० बस्ने वर्ष २२ को लक्ष्मी पण्डितले चलाई ल्याएको HR 10 S3056 नम्बरको ईन्डियन कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी भित्र NITRAVET-10, लेखिएको लागु औषध २०० पत्तामा (प्रति पत्ता ३० ट्याब्लेट) जम्मा ६०००(छ हजार) ट्याब्लेट र DIALEX-DC लेखिएको १०० ML को ७४९ (सात सय उनन्पचास) बोतल फेला पारी सोही कारमा सवार जिल्ला सर्लाही कोडैना गाउँपालिका-६ बस्ने वर्ष २० को सुनिल कुमार यादव, जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१ बस्ने वर्ष २० को नितेश कुमार यादव र जिल्ला धनुषा मिथिला नगरपालिका-३ बस्ने वर्ष २८ को पशुपति लामा र गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ । 

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०६-०३

नुवाकोट तादी गाउँपालिका-२ अधिकारी टोल स्थित बस्ने चेत बहादुर अधिकारीको छोरा अन्दाजी वर्ष २६ को मिन बहादुर अधिकारी आफ्नै घर नजिकै रहेको मान्छे नबस्ने आफ्नै ठुलो बुवाको घरको पालीको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ बोलुङ बस्ने खेम बहादुर गिरीको श्रीमती वर्ष अन्दाजी ५० की नेत्र कुमारी गिरी आफ्नै घरको  कोठामा बासको दलिनमा नाम्लो सहितको नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<